Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


डाक्टर कुटने प्रहरीलाई कारवाहीको माग, छानबिन गर्न समिति गठन


0
Shares

काठमाडौं । महानगरीय प्रहरी कार्यालयले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई प्रहरीको टोलीले कुटेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

समितिमा एसएसपी किरण बज्राचार्य, एसपी मुकेश सिंह, र डीएसपी होबिन्द्र बोगटी सदस्य रहेका छन् ।

महाराजगन्ज प्रहरी वृतका प्रमुख उमेश लम्सालसहितका प्रहरी अधिकारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि ड्युटी सकेर फर्किरहेका समयमा कुटपिट गर्नुका साथै लाठीचार्ज समेत गरेका थिए ।

उनीहरुले आईडी कार्ड देखाउँदा समेत प्रहरीले कुटपिट गरेको अरोप लगाएका छन् ।

यसैबीच नेपाल चिकित्सक संघले कुटपिटको घटनाप्रति आपत्ति प्रकट गरेको छ । संघले एक विज्ञप्ती जारी गरी चिकित्सकहरुमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ ।