
काठमाडौं । गाँउ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई सद्भावना दूत बनाएको छ ।
कोभिडले थला परेको पर्यटनलाई विगतको स्थानमा पुर्याउन प्रचार प्रसार तथा प्रवर्द्धनमा सहयोग पुर्याउन भन्दै पत्रकार थापालाई भिटोफले सद्भावना दूत बनाएको भिटोफका अध्यक्ष गोपाल थापाले बताउनुभयो ।
भिटोफले एक कार्यक्रमकाबीच थापालाई सद्भावना दूत नियुक्त गरेको हो । यस्तै, सल्लाहकारमा प्रा.डा. प्रेम शर्मा, रविजंग पाण्डे, अशोह सिलवाल, शिव पौडेल र दीपक दाहाल र कानुनी सल्लाहकार सरस्वती श्रेष्ठलाई नियुक्त गरेको छ ।
थापाले प्रचारमा रहेका तथा ओझेलमा रहेका नेपालका पर्यटकीय क्षेत्रहरुलाई प्रचार प्रसार तथा प्रर्वद्धन गर्न आफूले सकेको सहयोग गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्