काठमाडौं । त्रिशूली नदीमा जलसतहले शतर्कता तह पार गरेको छ।
कालिखोला चितवन जलमापन केन्द्रमा जलसतहले शतर्कता तह पार गरेको हो । बाढी पूर्वानुमान महाशाखाले बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दाहरूले उच्च शतर्कता अपनाउन अनुराेध गरेकाे छ।
यसैबीच, त्रिशूली नदी बेत्रावती नुवाकोट जलमापन केन्द्रहरूमा पनि जलसतहले शतर्कता तह पार गरेको हाे । तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूलाई उच्च शतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्