२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


624
Shares

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको बिहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। 

आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा  मेघगर्जन-चट्याङ्ग र  हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शुक्रबार राती भने प्रदेश-१ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

साथै प्रदेश-१, मधेश प्रदेश बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।