Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


मंकीपक्स रोग विश्वभर फैलिन सक्ने डब्ल्यूएचओकाे चेतावनी


2.4k
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकीपक्सको विस्तार विश्वव्यापी रुपमा फैलिन सक्ने चेतावनी दिएको छ।

हाल १२ वटा देशमा मंकीपक्सका बिरामी फेला परिसकेकाले अन्य देशमा पनि फैलिन सक्ने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म विश्वका विभिन्न १२ वटा देशमा ९२ जनामा यो रोग पुष्टि भईसकेको छ भने अन्य २८ जनामा संक्रमण भएको आशंकामा निगरानीमा राखिएको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स रोग ज्यादै घातक नभए पनि विश्वव्यापी संक्रमण भएमा स्वास्थ्य क्षेत्रमा अर्को समस्या ल्याउन सक्ने बताएको छ।

मंकीपक्सको संक्रमणलाई न्यूनीकरण गर्ने विषयमा छिट्टै उपाए सुझाउने पनि डब्ल्युएचओले बताएको छ । स्मलपक्सकै जस्तो लक्षण हुने मंकीपक्सको संक्रमण भए दुईदेखि चार साताभित्रमा अस्पताल भर्ना समेत नभएर पनि बिरामी निको हुन सक्छन् । तर कहिलेकाहीं यो रोग घातक पनि हुनसक्ने पनि डब्ल्युएचको तर्क छ। यौन सम्पर्क जस्ता ज्यादै निकट सम्पर्कबाट यो रोग समुदाय स्तरमा सर्न सक्ने देखिएको छ।

निकट सम्पर्कबाट मात्रै सर्ने भएकाले पनि यसको नियन्त्रण सजिलो हुने विज्ञहरूको भनाइ छ ।