Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


डोटीमा बस दुर्घटना हुँदा ७ जना घाइते


221
Shares

कैलाली । धनगढीबाट अछाम जादै गरेको बस डोटीमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

आज (शनिबार) बिहान जिल्लाको शिखर नगरपालिका-१ गेरुपानी भन्ने स्थानमा ना ५ ख ९६६३ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा बसमा सवार ७ जना घाइते भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको ट्राफिक प्रहरीले बताएको हाे। घाइतेको डोटी स्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण र घाइतेकाे विषयमा पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएकाे छ ।