Logo १४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026


लकडाउनको मौका छोपी बढी रकम लिई पेट्रोल बिक्री गर्ने पक्राउ


0
Shares

मेलम्ची । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन् ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर ११० का दरले पेट्रोल बेचिरहेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पेट्रोलपम्पमा कार्यरत कर्मचारीले बिल नदिई बजार मूल्यभन्दा बढी रकम लिएर पेट्रोल बेच्दै आइरहेको अवस्थामा उहाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।