Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


कैद सजाय छुट पाएपनि रकम तिर्न नसक्दा बालकसहित दम्पत्ती जेलमै


0
Shares

नवलपरासी । रकम तिर्न नसक्दा कारागार कार्यालय पश्चिम नवलपरासीमा बन्दी जीवन बिताई रहेका दुई दम्पतीले जेल मुक्त हुन सकेका छैनन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले एक वर्षभन्दा कम कैद सजाय सुनाइएका बन्दीलाई निवेदन दिएका आधारमा कैद छुट दिने निर्णय गरेको थियो ।

कैद सजाय छुटका लागि कारागारमा नौं जनाले निवेदन दिएका थिए । निवेदन दिएका मध्ये तीन जना बन्दी छुटेको कारागारका जेलर गगन बहादुर बस्नेतले जानकारी दिए ।

तोकिएको सजायमध्ये बाँकी कैदको दैनिक तीन सय रुपैंयाँको दरले रकम बुझाएपछि बन्दीले छुट पाउने प्रावधान छ ।

आर्थिक अभावका कारण कैद छुट भएपनि सरकारले तोकेको रकम बुझाउन नसक्दा सुनवल नगरपालिकाका राम बहादुर दर्जी र शान्ती परियार र उनको सात महिनाको छोरासमेत जेलमै छन् ।

अदालतले दुई दम्पतीलाई कैद सजायबापत ४०÷४० हजारका दरले रकम दाखिला गर्न भनेको छ ।