२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाल-अमेरिकाबीचकाे मित्रता लामाे समयसम्म कायम राख्ने एन्टोनीकाे दावी


117
Shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालसँगको अमेरिकी मित्रता धेरै दशकसम्म निरन्तर राख्न आफूहरु तयार रहेको बताएका छन ।

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री एन्टोनी ब्लिन्केन यस्ताे बताएका हुन् । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूका लागि तयार भएकाे ट्वीटरमा उल्लेख गरेका छन । ब्लिन्केनले आफ्नो ट्वीटरमा नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको समेत बताएका छन ।

यस वर्ष नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्षगाँठ मनाइँदैछ । विदेशमन्त्री एन्टोनीले नेपालसँग धेरै दशक लामो मित्रताका लागि अमेरिका तयार रहेकाे बताएका छन् । दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका नेपाल सम्बन्ध स्थापना भएको थियो । सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

साे पश्चात नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भएको थियो ।