१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको चिनियाँ राजदूतको दावी


611
Shares

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताउनुभएको छ ।

चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार उहाँले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने दावी गर्नुभयो ।

नेपाल र चीनबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको भन्दै उहाँले यो अघिल्लो समयको भन्दा ६३ प्रतिशतले बढी रहेको बताउनुभयो । उहाँले कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको र त्यसलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताउनुभएकाे हाे ।

तातोपानी र रसुवागढी नाकाबाट सीमापार व्यापार सुधार्ने विषयमा नेपाल र चीनको तिब्बत क्षेत्रका अधिकारीबीच एक महिनाभित्र बैठक हुन लागेको चिनियाँ राजदूत होउ यान्छीले बताउनुभयो ।