काठमाडौं, चैत ४ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो मात्रामा लागुऔषधसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न लागुऔषधसहित यसको बेचबिखन र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी वसन्तकुमार लामाले जानकारी दिए ।
एसएसपी लामाले पछिल्लो तीन वर्षमा लागुऔषध बरामदको तथ्यांक बढ्दै गएको भन्दै नियन्त्रण अभियानलाई तीव्रता दिएको बताए ।








प्रतिक्रिया दिनुहोस्