Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


थाइल्याण्डमा हुने दुई मैत्रीपूर्ण खेलका अल्मुताइरीले बोलाए २५ खेलाडी (को–को परे ?)


234
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डको राष्ट्रिय टीम र चोनबुरी क्लबसँगको मैत्रीपूर्ण खेलका लागि २५ जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएका छन् ।

नेपालले २४ मार्चमा थाइल्याण्डको राष्ट्रिय फुटबल टीम र २७ मार्चमा त्यहाँको स्थानीय क्लब चोनबुरीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल थाइल्याण्डको चोङबुरीमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्ष अल्मुताइरीले कप्तान किरणकुमार लिम्बुसहित टिकेन्द्र थापा, दीप कार्की, अनिश लामा, आयुष घलान, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नविन गुरुङ, दर्शन गुरुङलाई बोलाएका छन् ।

यसैगरी, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदिप गुरुङ, सुरजज्यू ठकरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द र जगजित श्रेष्ठलाई अल्मुताइरीले मैत्रीपूर्ण खेलका लागि छानेका हुन् ।

एएफसी एसियन कप २०२३ को छनोटको तयारीस्वरूप नेपाली फुटबल टीमले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ । नेपाली राष्ट्रिय फुटबल टीमले यसअघि दरशथ रंगशालामा खेलेको मरिससविरुद्ध दुईवटा मैत्रीपूर्ण खेल जितेको थियो ।

Skip This