
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज(बुधबार) बिहान ९ बजेदेिख मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार मिर्गौलाको डायलासिस गरिएको छ ।
प्राध्यापक डा.अरुण सायमीले मंगलबार डायलासिस भएको र आज(बुधबार) बिहान ९ बजेदेखि प्रत्यारोपण सुरु हुन् जानकारी दिएका छन् ।
प्रत्यारोपणमा भारत नयाँ दिल्लीस्थित एपोलो अस्पतालका एक चिकित्सकसहित नेपाली चिकित्सकहरु रहने पनि डा. सायमीले बताए ।
प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका एपोलो अस्पतालका डा. अनन्त कुमार काठमाडौं आइसकेको जनाइएको छ ।
प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका डा.प्रेमराज ज्ञवालीको टिम रहने छ । प्रधानमन्त्री ओलीकी भाञ्जी पर्ने ३१ वर्षिया समिक्षा संग्रौलाले मिर्गौला दिएकी हुन ।
यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस समेत गरिएको छ । उनको शरीरमा क्रियाटिनको मात्रा बढी देखिएपछि प्रत्यारोपण अघि डायलासिस गरिएको अस्पतालले जनाएको छ ।
चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ । उनमा युवामा जस्तो मनोबल छ र प्रत्यारोपणका लागि पूर्ण रुपमा तयार रहनुभएको चिकित्सकहरुको बुझाइ छ ।
नेपालभर हालसम्म १५ सय जनाको मिर्गौला प्रत्यारोपण भइसकेको चिकित्सकहरुले जनाएका छन् । त्यसको सफल दर ९८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्