
भक्तपुर । चीनबाट उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणको रिपोर्ट आज बेलुकासम्म आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा राखेको १४ दिन पूरा भएपछि शनिबार सबैको नमूना संकलन गरिएको थियो ।
आइतबारदेखि त्यसको परीक्षण सुरु भएकोमा अहिलेसम्म आधा भन्दा बढीको परीक्षण सकिएको राष्ट्रिय प्रयोशाला तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा राखिएको दिन संकलन भएको नमूनामा कसैलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।
अब शनिबार संकलित नमूनाको रिपोर्ट आउँदा पनि कोरोना संक्रमण नेगेटिभ देखिएमा क्वारेन्टाइनमा रहेकाहरुलाई घर जान दिइने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्