Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


भक्तपुरबाट अवैध कल सेन्टर संचालन गरेको आरोपमा एक चिनियाँ नागरिक सहित ८० जना पक्राउ


195
Shares

भक्तपुर । प्रहरीले सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेको आरोपमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार पक्राउ गरेको छ ।

भारतीय मुलका युवा युवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत सानो सानो मात्रामा (५ देखि १० हजार सम्म) ऋण लगानी गरी निश्‍चित ब्याज सहित तोकिएको समयभित्र उठाउन ऋणीहरुलाई कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य संचालन गर्ने वाङजिनावले नेपाली युवा युवतीहरूको प्रयोग गरी कल सेन्टर संचालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो ।

उक्त कार्य संचालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड समेत प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।