Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


गंगबु-नयाँ बसपार्क क्षेत्रमा ‘यौनधन्दा’: प्रहरीको ‘स्विप अपरेशन’मा १२ सय ५० बढी पक्राउ (भिडियो)


0
Shares

-दिपक श्रेष्ठ र योगेश लामा(ईमेज) 

काठमाडौं । काठमडौंको गंगबु र आसपासको उपत्यका प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनको चापका कारण संधै अस्तव्यस्त हुन्छ ।

यात्रु तथा व्यापारीका लागि अपरिहार्य गन्तव्य जस्तै बन्न पुगेको नयां बसपार्क र आसपासको क्षेत्रमा जति विकास र व्यस्तता देखिन्छ त्यो भन्दा कैयौं गुणा बढी बिकृतिको डंगुर छ ।

नयां बसपार्क क्षेत्र–गम्भीर सामाजिक बिकृतिका रुपमा बिकास भईरहेको छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शद्धिकरण अभियान सुरु गरेको छ ।

मुलुकका अधिकांश भागलाई संघीय राजधानी काठमाडौसम्म जोडिने सवारी साधनका कारण ७७ वटै जिल्लाका नागरिक कुनै कुनै रुपमा वसपार्क पुग्नै पर्ने अवस्था छ ।

तर यही व्यस्तता र बाध्यताका बीचमा यो क्षेत्रमा चरम बिकृति फस्टाएको छ ।

व्यापारमा मनोमानी, यौनजन्य क्रियाकलाप कै कारण श्रृजीत विभिन्न घटना दुर्घटना, अस्वस्थ्य प्रतिस्पर्धा जस्ता कारणले सुरक्षा चुनौति समेत बढाएपछि अहिले प्रहरीले सुदृढीकरण अभियान अघि बढाएको छ ।

जस अन्तरगत महानगरीय प्रहरी बृत्त महाराजगन्जले सामुदायिक सेवा केन्द्र गंगबु, स्थानीय वडा  र विभिन्न सघ सस्थासंगको सहकार्यमा कर्डन एन्ड सर्च, स्विप अपरेशन चलाएको हो ।

अभियान अन्तर्गत गंगबु–नयाँ बसपार्क क्षेत्रबाट अवैध कृयाकलापमा संलग्न धमाधम पक्राउ परिरहेका छन् । गंगबु-नयाँ बसपार्क क्षेत्रमा पाँच महिनादेखि प्रहरीले शुद्धीकरण अभियान चलाई रहेको छ ।

प्रहरीको पछिल्लो यो अभियान कै कारण गंगवु र आसपासको क्षेत्रमा थुप्रै बिकृति नियन्त्रणमा आएको स्थानीयको अनुभव छ ।

प्रहरी सक्रियता कै कारण सर्वसाधारणले तुलनात्मक रुपमा शान्ती सुरक्षाको अनुभुति गर्न थालेका छन् ।

शुद्धिकरण अभियान अन्तर्गतको स्विप अपरेशनमा अहिलेसम्म १२ सय ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिई सकेको छ ।

पक्राउपछि छानबिन गरेर प्रहरीले अबैध कृयाकलापमा संलग्न देखिएका ४ सय ९५ जना बिरुद्ध भने मुद्दा चलाएको छ ।

विशेषगरि यस क्षेत्रमा सञ्चालीत् खाजा घर, गेष्ट हाउस तथा रेष्टुरांलाई निगरानीमा राखेको प्रहरीले सार्वजनिक स्थानमा बसेर संकास्पद गतिविधि गर्नेलाई समेत पक्रने गरेको छ ।