३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


हराएका २८ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण


65
Shares

काठमाडौं, माघ २७ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २८ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गर्न उजुरी दिएको आधारमा प्रहरिले खोजी गर्दा विभिन्न स्थानबाट मोटरसाइकल फेला परेका थिए ।

ट्राफिक महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा ३ सय २८, २०७७/७८ मा ३ सय ६७ वटा र ७८/७९ मा २ सय ४४ वटा हरएका मोटरसाइकल फेला पारी धनीलाई बुझाइसकेको महाशाखाले जनाएको छ ।

यो अवधिमा मोटरसाइकल चोरीमा संलग्न १ सय २७ जनालाई कारवाही गरिएको महाशाखाका प्रवक्ता सन्जिव शर्मा दासले जानकारी दिनुभयो ।