१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बढी शुल्क असुलेका मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न माग


0
Shares

काठमाडौं, फागुन ७ । चिकित्सा शिक्षा सुधार अभियन्ता एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुको सम्बन्धन खारेज गराउन माग गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले अवैधरुपमा विद्यार्थीहरुसँग शुल्क लिएका कलेजहरुको तत्काल सम्बन्धन खारेज गर्न चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेका हुन् ।

यस्तो गम्भीर आर्थिक अपराध भइरहँदा रमिते बनेर बस्ने हो भने चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री र उपाध्यक्षको नैतिकता र कार्यक्षमतामाथि प्रश्न उठ्ने विज्ञप्तिमा उल्लेख छ ।