Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


गोंगबु क्षेत्रमा ‘स्वीप अपरेसन’, अनैतिक गतिविधिमा संलग्न आशंकामा युवा–युवती नियन्त्रणमा


0
Shares

काठमाडौं, फागुन ६ । महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रहरीले गोंगबु–नयाँ बसपार्क क्षेत्रमा अवैध क्रियाकलाप गर्नेहरुमाथि कारबाही थालेको छ  ।

सोही अभियानअन्तर्गत् प्रहरीले मंगलबार दिउँसो गोंगबु क्षेत्रमा ‘स्वीप अपरेसन’ चलाएको छ ।

अपरेसनको क्रममा अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा केही  युवा तथा युवतीहरुलाई नियन्त्रणमा लिइएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक  उमेश लम्सालले गोंगबु–नयाँ बसपार्क क्षेत्रमा चलाइएको शुद्धीकरण अभियानले त्यस क्षेत्रमा हुने आपराधिक गतिविधिमा कमी ल्याएको दाबी गरे ।

शुद्धीकरण अभियानअन्तर्गत् चलाइएको स्वीप अपरेसनका क्रममा हालसम्म १२ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

छानबिनपछि अवैध क्रियाकलापमा संंलग्न देखिएका ४८० सयभन्दा बढीमाथि मुद्दा चलाइएको महाराजगन्ज प्रहरी वृत्तले जनाएको छ ।