
काठमाडौं, फागुन १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई लिएर फर्कने चिकित्सकलगायतको टोलीलाई पनि ‘क्वारेन्टाइन’मा राख्ने जनाएको छ ।
मन्त्रालयले नेपालीलाई लिएर फर्कने टोलीलाई पनि ‘कोरोनाभाइरस’को जोखिम देखिन सक्ने भन्दै केही दिन क्वारेन्टाइनमा राख्ने जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले चीन गएर फर्कने टोलीलाई केही दिन नगरकोटमा क्वारेन्टाइनमा राखिने र यसका लागि आवश्यक तयारी गरेको बताए ।
उनले चीनबाट आगामी शनिबार नेपाल ल्याउन लागिएका नेपालीहरुलाई राख्ने सबै व्यवस्था मिलाइसकेको पनि बताए ।
उनीहरुलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राख्न र आवश्यक उपचारको लागि ‘आइसोलेसन’कक्षसमेत तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।
नेपालमा हालसम्म २४ जनाले कोरोनाभाइरसको परीक्षण गरेकोमा एकजनामा मात्र संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्