पाल्पा, फागुन १ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल ‘कोरोनाभाइरस’मुक्त देश रहेको दाबी गरेका छन् ।
बिहीबार पाल्पामा आयोजित एक कार्यक्रममा उनले चीनमा रहेका कुनैपनि नेपालीलाई कोरोनाभाइरसको संक्रमण नरहेको दाबी गरे ।
रुघाखोकी लागेपनि कोरोना भएको हो कि भन्ने भ्रम फैलिएको भन्दै मन्त्री ढकालले त्यस्ता अफवाहको पछाडि नलाग्न आग्रह गरे ।
कोरोनाको आशंकामा १८ जना नेपालीको स्वास्थ्य परीक्षण गरेको तर उनीहरुमा संक्रमण नभेटिएको उनको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्