सर्लाही, माघ २८ । ‘मिटरब्याजी’ आरोपी सर्लाही, बरहथवा निवासी रामबाबु राय यादव झुम्का कारागार चलान भएका छन् ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले सोमबार यादवलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर, धरौटी रकम बुझाउन नसकेपछि यादवलाई मंगलबार सुनसरीको झुम्का कारागार पठाइएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
थुनछेक बहस सकिएपछि सोमबार साँझ जिल्ला न्यायाधीश कोइरालाले यादवलाई १५ लाख रुपैयाँ धरौटी रुपैयाँमा छाड्न आदेश दिएका थिए ।
यादवविरुद्ध प्रहरीले गत शुक्रबार ठगी तथा आपराधिक विश्वासघातसम्बन्धीको कसुरमा जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्