Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


चन्द समूहको युवा संगठनका बैतडी इन्चार्ज पेस्तोलसहित पक्राउ


0
Shares

बैतडी, माघ २६ । प्रहरीले पेस्तोलसहित प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको युवा संगठनका बैतडी इन्चार्जलाई पक्राउ गरेको छ ।

चन्दा असुली गर्दै आतंक मच्चाइरहेको भन्ने सुराकीको आधारमा जिल्ला इन्चार्ज लोकेन्द्र धामीलाई आइतबार दिउँसो पक्राउ गरिएको हो  ।

धामीलाई एकथान पेस्तोलसहित दोगडाकेदार गाउँपालिका–६, सित्तडबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

पक्राउ परेका धामीको साथबाट गोलीसहितको एकथान पेस्तोल, पर्चा–पम्पलेट, रसिदलगायत दस्तावेज पनि बरामद गरिएको छ ।

डिलाशैनी गाउँपालिका–७, धामीगाउँ घर भएका २७ वर्षीय धामी विगत केही वर्षदेखि चन्द समूहमा संलग्न रहेका थिए ।