 
	    झापाः झापाका दुई स्थानीय तहले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
कचनकवल र हल्दिबारी गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रुपमा मनाउन भन्दै सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएका हुन् ।
कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले हस्ताक्षर गरेको सूचनामा गाउँपालिका मातहत सञ्चालित सबै निकाय बन्द रहने जनाइएको छ । पृथ्वी जयन्तीको अवसर पारेर नेपालकै होचो भू भागका रुपमा परिचित कचनकवलमा पृथ्वी नारायणको शालिक अनावरण गरिने भएको छ ।
यता, हल्दिबारी गाउँपालिकामा समेत कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालय बिदा गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनु भयो ।
१५ वटा स्थानीय तह रहेको झापामा कचनकवल र हल्दिवारी गाउँपालिकाका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्