विनोदसिंह विष्ट (इमेज)
बैतडी, माघ २६ । बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स वन्यजन्तुको ओसारपसारमा प्रयोग गरिएको अवस्थामा फेलापरेको छ ।
आइतबार कञ्चनपुरबाट फर्कंदै गरेको उक्त एम्बुलेन्समा चित्तल मारेर ल्याएको भेटिएको हो ।
इलाका प्रहरी कार्यालय दार्चुलाले चेकजाँच गर्दा एम्बुलेन्समा चित्तल भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।
एम्बुलेन्स चालक महेश बोहराले कञ्चनपुरबाट फर्कंदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको प्रहरीसमक्ष बयान दिएका छन् ।
एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिकमा बैतडीको डिलाशैनी र प्रदेशका अरु १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्