
सर्लाही । सर्लाहीको बयलवास बजार आज तेस्रो दिन पनि बन्द रहेको छ । प्रहरीको गाडिको ठक्करबाट स्थानीय व्यवसायीको मृत्यु भए पछि त्यसको बिरोधमा स्थानीयले प्रदर्शन जारी राखेका छन् ।
उद्योग बाणिज्य संघ सर्लाहीको आह्वानमा व्यापार व्यवसाय बन्द गरिएको छ । बयलवास बजार खुलाउने लगायतका बिषयमा आज पुनः वार्ता हुने भएको छ ।
सर्लाही प्रसासनले प्रदर्शनले उग्र रुप लिन थालेपछि ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा हिजो दिउँसोदेखि आज बिहानसम्म निषेधाज्ञा जारी गरेको थियो । आज पनि बिहानैदेखि बयलवास बजार क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने बजार सुनसान छ ।
प्रतिक्रिया दिनुहोस्