काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वास्थ्य सेवालाई सर्वसुलभ र ग्रामीणमूखी बनाउनु पर्नेमा जोड दिएका छन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २४ औ वार्षिकोत्सवको आज काठमाडौमा उद्घाटन गर्दे उनले स्वास्थ्य सेवालाई ग्रामिणमुखी बनाउनु पर्नेमा जोड दिए ।
स्वास्थ्य सेवा सर्वसाधरणको पहुँचमा पुग्न नसकेको भन्दै स्वास्थ्य सेवालाई सेवामुखी बनाउनु पर्ने बताए । अहिले पनि ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरु स्वास्थ्य उपचार पाउनबाट बन्चित भएको भन्दै त्यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको बताए ।
उनले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको पनि प्रशंसा गरे । रोग लाग्नु भन्दा लाग्न नदिने उपायको बारेमा सचेतना आवश्यक भएको भन्दै यस्ता अभियानलाई जनस्तरसम्म पुर्याउनु पर्ने बताए ।
उनले चिकित्सकहरुलाई सेवा केन्द्रीत भएर काम गर्न पनि निर्देशन दिए । उपचारको अभावमा कसैको पनि मृत्यु हुने स्थिति सृजना हुन नहुने उनको भनाई थियो ।








प्रतिक्रिया दिनुहोस्