
काठमाडौं, माघ ११ । नेपालमा ‘कोरोनाभाइरस’को संक्रमण फैलिन नदिन विशेष सतर्कता अपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नेपाल आउने हरेक यात्रीको स्वास्थ्य परीक्षण गरिने र कसैमा कोरोनाभाइरसको लक्षण देखापरे उपचारका लागि अस्पताल पुर्याइने व्यवस्था मिलाइएको बताए ।
मन्त्रालय पूर्वतयारीको अवस्थामा रहेको भन्दै उनले संक्रमणबारे धेरै आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको उल्लेख गरे ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे र सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबारे सचेत रहन सुझाव दिए ।
शुक्रबारमात्र नेपालमा पनि कोरोनाभाइरस फेलापरेको पुष्टि भएको थियो ।
चीनबाट नेपाल आएका कोरोनाभाइरस संक्रमित नेपाली युवा उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्