 
	    काठमाडौं । अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र स्पेनिस फरवार्ड अल्भारो मोराटाको गोलमा इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली सालेरनिटानालाई २–० ले पराजित गरेको हो ।
खेलको २१ औं मिनेटमा डिजान कुलुसेभ्स्कीको पासमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा जर्जियो चिलियनीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । त्यसपछि ७० औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । यस्तै, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डिबालाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनले बाहिर प्रहार गरे ।
जितसँगै युभेन्ट्स १५ खेलबाट २४ अंक जोडर सातौं स्थानमा यथावत रहेको छ । पराजित सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्