काठमाडौं । महानगरीय प्रहरी बृत लैनचौरले ११ किलो ५ सय ग्राम लागूऔषध चरेससहित ५ जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखाको धार्चे गाउँपालिका वडा नं २ घर भई तारकेश्वर नगरपालिका वडा नं ११ जरंखु बस्ने मानबहादुर गुरुङ्ग, सजिन गुरुङ्ग, रसुवा काली गाउपालिका ६ घर भई जरंखु बस्ने का मीनबहादुर तामाङ्ग, नुवकोट जिल्ला लिखु गाउपालिका ६ घर भई काठमाडौको टोखा नगरपालिका १० बस्ने रोजबहादुर घले र नुवाकोट बेलकोटगढी नगरपालिका १ घर भइ काठमाडौ शेषमति १० बस्ने चन्दरबहादुर तामाङ्ग रहेका छन ।
काठमाडांैको म्हेपी क्षेत्रमा लागू औषध चरेश कारोबार भईरहेको सुचनाको आधारमा प्रहरी टोली परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको हो । १२ वटा पोका बनाएर राखेको अवस्थामा ११ किलो ५ सय ग्राम चरेश बरामद गरिएको लैनचौर बृतका प्रमुख दुर्गा प्रसाद दाहालले जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्