जितेन्द्र भण्डारी
पाँचथर । मिक्लाजुङ गाउँपालिकामा पहिरो तथा खोलाले बगाउँदा २१ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
गाउँपालिकाका विभिन्न ठाउँमा बेपत्ता भएका २४ जनामध्ये २१ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिनुभयो ।
उहाँका अनुसार मिक्लाजुङ–५ मा १५ जना, वडा नम्बर १, २ र ७ मा समान दुई–दुई जना, फिदिम–४ मा दुई जना, फाल्गुनन्द गाउँपालिकामा तीन जना र कुम्मायमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
त्यसैगरी मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ मा पहिरोले पुरिएर दुई जना र वडा नम्बर ५ मा खोलाले बगाएर १ जना बेपत्ता भएको अध्यक्ष माखिमले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्