Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक २०७८’ पारित


0
Shares

काठमाडौं । राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक २०७८’ पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको विरोधकाबीच बिहीबार बसेको राष्ट्रियसभा बैठकले ‘विनियोजन विधेयक २०७८’ पारित गरेको हो ।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीकै बीच विनियोजन विधेयक छलफलका लागि टेबुल गरिएको थियो ।प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको विनियोजन विधेयक पुनः प्रतिनिधिसभामा ल्याई पास गराएर राष्ट्रपतिकोमा प्रमाणीकरणको लागि लगिनेछ ।

गत भदौ ३० गते अघिल्लो सरकारले ल्याएको आर्थिक अध्यादेशमाथि वर्तमान सरकारले प्रतिस्थापन विधेयक ल्याए पनि प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट पास भइनसकेको कारण सरकारलाई सञ्चित कोषबाट खर्च गर्ने बाटो बन्द भएको छ । तर, सरकारलाई राजश्व संकलनमा भने कुनै बाधा पुगेको छैन ।

राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते बिहान ११ बजे बस्नेछ ।