
काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दी खोलामा खस्दा अन्दाजी २८ वर्षका चालकको मृत्यु भएको हो ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् ।
उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्