Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक


0
Shares

काठमाडौं । होण्डा नेपालले दशैंको अवसरमा सञ्चालन गरेको ‘यो दशैं, आशाको सुरुवात’ अभियानअन्तर्गत पहिलो तीन साताका विजेताको नाम सार्वजनिक गरेको छ।

नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले सातै प्रदेशबाट हरेक हप्ता एक–एक जना छनोट गरी विजेता घोषणा गरेको हो। कम्पनीले ‘होण्डा छ साथ साथ’ पहलअन्तर्गत लक्की ड्रमार्फत विजेता छनोट गरेको जनाएको छ।

कम्पनीले यस वर्ष चाडपर्वको खुसीसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै ‘सहयोगको संकल्प’ कार्यक्रम पनि सञ्चालन गरेको छ। यस योजनामा सहभागीले १० हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सक्ने व्यवस्था गरिएको छ।

योजनाअनुसार पहिलो साताका विजेतामा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (१० हजार रुपैयाँ), प्रदेश २ बाट अफजल मियाँ (एक लाख रुपैयाँ), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (१० हजार रुपैयाँ), प्रदेश ४ बाट विज्ञान लामा (१० हजार रुपैयाँ), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (१० हजार रुपैयाँ), प्रदेश ६ बाट पदमबहादुर शाही (५० हजार रुपैयाँ) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१० हजार रुपैयाँ) रहेका छन्।

त्यस्तै, दोस्रो सातामा प्रदेश १ बाट विकासकुमार यादव, प्रदेश २ बाट सुन लामा, प्रदेश ३ बाट राजु महर्जन, प्रदेश ४ बाट बलराम थापा, प्रदेश ५ बाट पुष्पा थारु, प्रदेश ६ बाट मानसिंह दाहाल र प्रदेश ७ बाट विनिता पाठक विजयी भएका छन्। उनीहरूमध्ये राजु महर्जनले २५ हजार, बलराम थापाले ५० हजार र मानसिंह दाहालले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। अन्य विजेताले १० हजार रुपैयाँ जितेका छन्।

तेस्रो साताका विजेतामा प्रदेश १ बाट आशिष राई (५० हजार रुपैयाँ), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव, प्रदेश ३ बाट दिशान्त विष्ट, प्रदेश ४ बाट मनोज घिमिरे, प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी, प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रदेश ७ बाट जुजेस्टर राणा रहेका छन्। यस साताका अन्य विजेताले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार विजेताहरूलाई प्रदान गरिने पुरस्कार रकम बराबरकै थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। यसरी ग्राहकले जितेको रकमसँगै कम्पनीले पनि उत्तिकै रकम कोषमा योगदान गर्नेछ।

यसैबीच, ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै कम्पनीले दशैं योजना आगामी मंसिर १४ गते (नोभेम्बर ३०) सम्म सञ्चालन गर्ने भएको छ। यससँगै थप ग्राहकले पनि योजनामा सहभागी भएर पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

Skip This