
काठमाडौं । सरकारले काठमाडौंका १० स्थानमा सुपथ मूल्यमा खाना खाने व्यवस्था गर्ने भएको छ ।
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंका १० स्थानमा सुपथ मूल्यमा खाना खाने व्यवस्था गर्ने बताउनुभयो ।
यस्तै, सरकारले मृगौलापीडित बिरामीका लागि मासिक ५ हजार रुपैयाँ दिने भएको छ । भूकम्पपछिको पुनर्निर्माणका २०७८ मंसिर मसान्तभित्र सम्पन्न गरिने मन्त्री शर्माले जानकारी दिनुभयो ।
सम्पन्न नभएका भौतिक संरचनालाई सम्बन्धित मन्त्रालयलाई जिम्म लगाइने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्