Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


विद्यार्थीलाई खोप लगाउने क्रम जारी, केन्द्रमा लामवद्ध ४० वर्षका नागरिक


0
Shares

काठमाडौं । शुक्रबारदेखि सुरु भएको कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम आइतबार पनि जारी छ ।

४० वर्ष माथिका र परीक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परिक्षार्थीलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको हो ।

आइतबार पनि विद्यार्थी तथा ४० वर्ष माथिका व्यक्तिहरू खोप लगाउनका लागि लामवद्ध भएका छन् ।

शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका खोप केन्द्रका साथै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र सञ्चालन गरिएको छ ।

खोप लगाएर मात्रै परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई दवाव बढेसँगै शुक्रबारदेखि विद्यार्थीका लागि खोप उपलब्ध गराइएको हो ।