Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


यस्तो छ, नेपाल र ठाकुरको नयाँ दललाई राष्ट्रिय मान्यता दिने गरी ल्याइएको अध्यादेश (राजपत्रसहित)


0
Shares

काठमाडौं, भदौ २ । सरकारले माधव नेपाल र महन्थ ठाकुरले दर्ता गराएको नयाँ पार्टीलेसमेत राष्ट्रिय दलको मान्यता पाउने गरी नयाँ अध्यादेश जारी गराएको छ ।

मन्त्रिपरिषदबाट मंगलबार सिफारिश र राष्ट्रपतिबाट बुधबार जारी राजनीतिक दलसम्बन्धि अध्यादेशमा कुनै दलले राष्ट्रिय मान्यता पाउन चुनावमा समानुपातिकतर्फ तीन प्रतिशत मत पाउनु पर्ने प्रावधानलाई हटाइएको हो ।

राजपत्रमा प्रकाशित भएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशमा कुनै दल विभाजन भई बनेको नयाँ दलका हकमा तीन प्रतिशतको नियम लागू नहुने उल्लेख गरिएको छ ।

जबकी यसअघि राष्ट्रिय दलको मान्यतामा पाउन संघीय संसदमा एक जना सांसद हुनुपर्ने र समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएको हुनु पर्ने व्यवस्था गरिएको थियो ।

नयाँ अध्यादेशमा दफा ३३ संशोधन गर्दै ‘केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले’ भन्ने शब्दको सट्टामा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसदको संसदीय दलको बीस प्रतिशत वा सोभन्दा बढी सदस्यले एकैपटक’ भन्ने शब्द राखिएका छन् ।

त्यस्तै उपदफा २ मा २ (क) थप्दै, ‘(२क) उपदफा (२) बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन’ भनिएको छ ।

हेर्नुस् राजपत्रमा प्रकाशित अध्यादेशः