Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


चीनले दिनेभयो थप १६ लाख डोज खोप अनुदानमा


0
Shares

काठमाडौं, साउन १ । चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बालुवाटारमा भेट गर्ने क्रममा चिनियाँ राजदूत होउ यान्छीले हालै चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने निर्णय गरेको जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन सरकारले पहिलो पटक ८ लाख र दोस्रो पटकमा राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा १० लाख गरी १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । नेपालले चीनबाट ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिसकेको छ भने त्यस मध्येको दुई खेप खोप नेपाल आइसकेको छ ।