Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


प्रधानमन्त्रीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिनुभयो : विश्वप्रकाश शर्मा


0
Shares

काठमाडौं, असार २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गर्नुभएको छ ।

संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उहाँले संविधान अनुसार आदेश गर्ने अदालतलाई प्रधामन्त्रीले संविधान विपरित भएको भनी टिप्पणी गर्नु अहंकार भएको तर्क गर्नुभयो । बिहीबार सर्वोच्च अदालतलाई पठाएको प्रधानमन्त्री ओलीको लिखित जवाफमाथि प्रतिक्रिया दिदै उहाँले सर्वोच्च अदालतले गरेको आदेशलाई सत्तापक्ष, सरकार वा विपक्षी दल सबैले स्वीकार गर्नुपर्ने तर्क गर्नुभयो ।

प्रतिनिधिसभा विघटन पछि प्रधानमन्त्रीले गरेको मन्त्रीमण्डल पुर्नगठनमा सर्वोच्च अदालतमा परेको मुद्दाको सम्बन्धमा सर्वोच्चदलाई लिखित जवाफ दिदै संर्वोच्च अदालतको आदेश संविधान विपरित भएको बताउनु भएको थियो ।

संविधानको धारा ७६ को ५ मा भएको व्यवस्था पार्टीले जोगाउन नसके सांसदले संसद जोगाउन सक्ने व्यवस्था भएको वकालत गर्दा कतिपयले नेपाली कांग्रेस पार्टी निर्दलियताको अभ्यासमा जान खोजेको टिप्पणी गरेको भन्दै उहाँले त्यसबारे लाञ्छित गर्ने कुरा आफुहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।