 
	    काठमाडौं, असार २ । दलितको नाममा राजधानी काठमाडौंमै विभेद भएको छ । विभेद ब्यहोरेकी हुन्, सञ्चारकर्मी रुपा सुनारले । काठमाडौंको बबरमहलमा आमासँग बस्ने रुपाले कोठा खोज्न जाँदा विभेद ब्यहोर्न परेको उल्लेख गर्नुभएको छ ।
इमेज टेलिभिजनमा उकाली–ओराली कार्यक्रम चलाउने रूपाले आफू बसिरहेका ठाउँ नपुग्ने भएपछि नयाँ कोठा सर्ने क्रममा विभेदमा परेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
मंगलबार दिउँसो आफ्ना साथीहरुसँग बबरमहलमा कोठा छ हेर्न जानुभएकी उहाँको थर थाहा नपाउँदासम्म कोठा दिन ठिक्क परेका घरबेटीले पछि कोठा नदिने जानकारी गराएको रुपाले उल्लेख गर्नुभएको हो ।
प्रधान थरका घरबेटीको घरका कोठा मन परेपछि घर भाडामा पनि कुरा मिलिसकेको थियो । अझ घरबेटीले कोठामा बस्दा राम्रोसँग बस्नु पर्ने शर्त राख्दै भनेका थिए, ‘हल्ला गर्ने, अबेला आउने, मान्छेहरू धेरै ल्याउनेजस्ता काम गर्न पाइन्न ।’
घरबेटीको शर्त स्वीकार्दै आफूले पनि ‘आफूहरु पढ्ने, काम गर्ने भएकाले त्यस्तो हुन्न भनें,’ रुपाले उल्लेख गर्नुभएको छ ।
‘आफूलाई कोठा मन परे पनि एक पटक आमालाई पनि कोठा देखाउँछु भने पछि घरबेटीले जात सोधे । आफू कामीको छोरी भएको बताएपछि घरबेटी केही बोलेनन् र नम्बर मागे ।’ तर पछि घरबेटीले साथीलाई फोन गरेर कोठा नदिने कुरा बताएको रुपाले उल्लेख गर्नुभएको छ ।
मंगलबार दिउँसो आफूले भोगेको घटनाबारे फेसबुकमा भिडिओमार्फत् जानकारी दिनुभएकी रुपाले यसविरुद्ध कानूनी उपचारमा जाने पनि बताउनुभएको छ । आफू कामी भएकै कारण त्यो घरमा नअटाएको भन्दै उहाँले ती घरबेटीले अर्को दर्जाको व्यवहार गरेको गुनासो छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्