Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


सर्लाहीमा घरायसी प्रयोजनका लागि उपलब्ध गराएको काठ अन्यत्र बिक्री गर्ने पक्राउ


0
Shares

सर्लाही । सर्लाहीको फूलजोरबाबा साझेदार वन उपभोक्ता समितिका उपभोक्ताले समितिले उपलब्ध गराएको काठ अन्यत्र बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको छ ।

आफ्ना उपभोक्तालाई घरायसी प्रयोजनका लागि उपलब्ध गराएको सालको गोलिया अन्यत्र बिक्री गरेको अवस्थामा महोत्तरीबाट बरामद् गरिएको हो ।

बरामद् सालका गोलिया करिब १ सय ५० क्यूविक फिट रहेको छ । समितिले सर्लाहीको हरिपूर्वा नगरपालिका–९ स्थित ५ जना उपभोक्तालाई बिक्री गरेको सालको गोलिया महोत्तरीको माईस्थान स्थित सब डिभिजन वन कार्यालयले बरामद् गरेको हो ।

समितिबाट आ–आफ्नो घर लैजान छुटपुर्जी लिएपछि काठ लोड गरेर बाँके मोडहुँदै संग्रामपुर रोडबाट हरिपूर्वातर्फ जानु पर्नेमा महोत्तरीतर्फ गइरहेको अवस्थामा काठसहित ट्याक्टर सव डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव देवले जानकारी दिनुभयो ।

साझेदार वन उपभोक्ता समितिले उपभोक्तालाई दिएको काठ बिक्री गर्न नपाइने व्यवस्था गरेको छ ।