 
	    दीपक श्रेष्ठ
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको ३६ दिन पूरा भएको छ । यसबीचमा स्थानीय सरकारले राहत वितरणतर्फ कुनै चासो नदेखाउँदा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएकाहरू सबैभन्दा बढी मारमा परेका छन् ।
अघिल्लो बर्षको लकडाउनमा जस्तो सामाजिक संघ संस्थाहरूको सक्रियता पनि यस वर्ष कम देखिएको छ । यद्यपि हुँदै नभएको भने होइन । मजदुरहरूले सामाजिक संस्थाले दिएको खाना खाइरहेका छन् । उनीहरू आफ्ना लागि सहयोग गर्ने र खाना खान दिने नै सरकार भएको बताउँछन् ।
उता काठमाडौं महानगरपालिकाले झैँ आफूहरूले राहत वितरण नगरेको स्वीकार गर्छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले अहिलेको अवस्थामा रोजगारी दिएर उनीहरूलाई कमाउनका लागि सहजीकरण गरिदिने बताउनुहुन्छ । यद्यपि मजदुर भने काम नपाएको गुनासो गर्छन् ।
डंगोलले असहानय, अशक्त र काम गर्न नसक्नेहरूले वडामा खबर गरेको खण्डमा घरमै खाद्यान्न सामग्री उपलब्ध गराउँदै आएको दाबी गर्नुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्