२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आईसीसी ट्वेन्टी–ट्वेन्टी वरियतामा नेपालको एक स्थान सुधार


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ट्वेन्टी–ट्वेन्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले अपडेट गरेको ट्वेन्टी–ट्वेन्टीको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ ।

अघिल्लो वरियतामा नेपाल १३ औं स्थानमा रहेको थियो । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ ।

एसोसियट राष्ट्र मध्यको ट्वेन्टी–ट्वेन्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ ।

यसअघि नेपाल भन्दा अघि रहेका दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएईको वरियता भने घटेको छ ।

स्कटल्याण्ड १६ औं र युएई १३ औं स्थानमा झरेको छ । नेपाल भन्दा तल टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

ट्वेन्टी–ट्वेन्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् ।

दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।