
-विवेक भण्डारी/ईमेज
नवलपुर । अन्तर्राष्ट्रिय खेलको रुपमा परिचित गल्फ खेलको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले नवलपुरको देवचुलीमा आकर्षक गल्फकोट निर्माण गरिएको छ ।
चौधरी ग्रुपले सञ्चालन गरेको गल्फकोटमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गइरहेको छ ।
नवलपुरको देवचुली नगरपालिका २ मा संचालनमा आएको चौधरी गु्रप गल्फकोट १२ विगाहा क्षेत्रफलमा अवस्थित छ ।
स्वदेशी र विदेशी पर्यटकलाई खेलका माध्यमबाट मनोरञ्जन दिलाउने उद्देश्यले सञ्चालनमा गल्फकोट सञ्चालनमा ल्याइएको हो ।
निजी तबरबाट सञ्चालित भए पनि यसलाई विश्वभर चिनाउने प्रयासमा लागिरहेको र गल्फ खेल्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेको क्याप्टेन सुधीर राईको भनाइ छ ।
२००३ मा निर्माणको काम सम्पन्न गरी सञ्चालनमा ल्याइएको गल्फकोटमा अहिले स्वेदशीहरु नै बढी मात्रामा आउने गरेका छन् ।
जिल्लाकै एक मात्र गल्फकोट भएको र त्यसमाथि आकर्षक पनि भएकाले आन्तरिक खेलाडीको आकर्षण बढ्दो छ ।
गल्फ खेल खेल्न जानेका मात्र नभई सिक्नहरुका लागि पनि तालिम दिने हुँदा अहिले नेपाली खेलाडीको आकर्षण बढ्दै गएको खेलाडीहरु बताउँछन् ।
खेलका माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यका साथ गरिएका यस्ता प्रयासहरु सबैतिरबाट हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्