 
	    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवादमा आफुलाई साथ दिन गरेको आग्रह उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गर्नुभएको छ ।
हिजो साँझ एमाले अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच बालुवाटारमा डिनर मिटिङ भएको थियो ।
त्यसक्रममा अध्यक्ष ओलीले साथ दिन आग्रह गरे पनि अस्वीकार गरेको उपाध्यक्ष गौतमले प्रेस नोटमार्फत जानकारी गराउनुभएको छ ।
उपाध्यक्ष गौतमले फागुन २८ गते भएका अवैधानिक निर्णय फिर्ता लिएपछि मात्रै ओलीलाई साथ दिने जवाफ दिनुभएको छ ।
‘हिजो ९ गते कमरेड केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भए ।’ प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत जारी भएको प्रेस नोटमा उल्लेख गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्