Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


ओली र नेपालबीच एक्लाएक्लै वार्ता


0
Shares

काठमाडौं, बैशाख ८ । सत्तारुढ दल नेकपा एमाले विभाजनको संघारमा पुगेको बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद शुरु भएको छ ।

दुई नेताबीच नागपोखरीस्थित होटल मारियटमा वार्ता भइरहेको छ ।

अर्थमन्त्री विष्णु पौडेल समेत केही बेर वार्तामा सहभागी भए पनि पौडेल होटलबाट बाहिरिईसक्नु भएको छ ।

पौडेल निस्केपछि ओली र नेता नेपालबीच एक्ला एक्लै छलफल भइरहेको छ ।

अध्यक्ष ओलीले पार्टी हीत विपरितका गतिविधि गरेको आरोपमा नेता नेपालसहित २७ जना सांसदलाई स्पष्टिकरण सोध्दै कारबाहीको प्रक्रिया अघि बढाएको बेला बुधबार बिहान युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीलाई विभाजनबाट जोगाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भट्टराइले वरिष्ठ नेता नेपालसँग वार्ता गरेर पार्टी विभाजन रोक्न आग्रह गरेपछि ओली र नेपाल बीचको संवाद संभव भएको बताइएको छ ।