Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्छ– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार युथ फर नेशन को आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्ग संघर्ष र राजनीतिक क्रान्तिको चरण पार गरिसकेको भन्दै समृद्ध समाज निर्माणका लागि अध्ययन, अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताउनुभएको हो ।

‘वर्ग संघर्ष र राजनीतिक क्रान्तिको एउटा चरण हामीले पार गरेका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर प्रवेश गर्नुछ, अनि मात्रै एउटा समृद्ध समाज निर्माण गर्न सकिन्छ ।’

अहिले विश्वको तापक्रम बढेकाले हिउँ पग्लिने प्रक्रिया तीव्र गतिमा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो गतिलाई रोक्न नसके विश्व मानव समुदायलाई ठूलो नकारात्मक असर पर्ने बताउनुभयो । वातावरणको संरक्षणका लागि नेपाली अध्यता र विज्ञहरूले गरेको मेहनत सराहनीय रहेको उहाँको भनाइ छ ।

Skip This