Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सरकारले जनतामा आशा जगाउने कामहरु गरेको छ: प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने कामहरु गरेको बताउनु भएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको बताउनु भएको हो ।

‘जनतामा आशा जगाउने काम गरेका छौं । सरकारका क्रियाकलापप्रति विश्वास दिलाउने काम गरेका छौँ,’ उहाँको भनाइ छ ।

सम्बोधनमा प्रम ओलीले सरकारका उपलब्धीहरु गनाएका छन् । उनले भने, ‘हामी नयाँ काम गर्यौँ । सभागृह धेरै बनायौँ । लुम्बनीमा ५ हजार क्षमताको र गोदावरीमा ३ हजार क्षमताको सभाहल निर्माण गर्यौँ । अरु थुप्रै ठाउँमा पनि बनायौँ । हामीसँग संसद भवन थिएन, त्यसको निर्माण प्रक्रिया पनि अगाडि बढायौँ ।’

प्रम ओलीले दिनमा साढे पाँच किलोमिटर बाटो बनाएको दाबी गर्दै एक दिनमा कम्तिमा १२ वटा दरले आवासहरू पनि निर्माण गरेका बताउनु भयो ।