२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेटको उपाधी पाटन भ्यालीले जित्यो


0
Shares

बैतडी । बैतडीको पाटनमा आयोजित प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी पाटन भ्याली जितेको छ ।

श्रीकृष्ण माविको खेल मैदान  आज सम्पन्न फाइनल खेलमा पाटन स्टारलाई ६६ रनले पाखा लगाउदैं भ्यालीले उपाधि जितेको हो ।

खेलमा सुरेश जोशीले नटआउट ४७ रनको मदतमा भ्यालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १७२ रन बनायो ।

१७३ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको स्टार १७ ओभरमा १०६ रनमा समेटियो ।

स्टारको पारी ध्वस्त पार्ने क्रममा भ्यालीका पारस विष्ट र धिरेन्द्र चन्दले समान ३/३ विकेट लिए ।

खेलको म्यान अफ द म्याच भ्यालीका सुरेस जोशी भए । उपाधिसंगै भ्यालीले ३० हजार पुरस्कार प्राप्त गर्दा उपविजेता स्टारले २० हजारमा चित्त बुझायो ।

प्रतियोगितामा व्यक्तिगत १४२ रन र ७ विकेट लिएका भ्यालीका बिरेन्द्र विष्ट म्यान अफ द सिरीज भए । उनले नगद ५ हजार प्राप्त गरे ।

यस्तै व्यक्तिगत १० विकेट लिने स्टारका हेमन्त चन्द उत्कृष्ट बलर भए भने व्यक्तिगत १३४ रन बनाएका बसन्तपुरका जगदीस लुहार उत्कृष्ट ब्याट्सम्यान चुनिए । उनीहरु दुबैजनाले समान ३/३ हजार पुरस्कार प्राप्त गरे ।