Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख छ : नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले बर्तमान सरकार अधिनायकवाद तर्फउन्मुख हुदै गएको बताउनु भएको छ ।

नेता सिह नेवा समाझ लाहानले आयोजना गरेको भेटघाट कार्यक्रम बोल्दै ओलीमा तानाशाह चरित्र देखिदै जादा अहिले फरक मत राख्ने एमाले भित्रको फुट पनि अहिलेको परिणति भएको बताउनु भएको हो । एकपछि अर्को तानाशाही प्रकृतिका बिधेयक ल्याउदा ओली प्रबृतिको बिरोध गर्न नसक्नेले अहिले पछुताउनुको बिकल्प नरहेको नेता सिंहको भनाइ छ ।

फरक प्रसंगमा बोल्दै नेता सिंहले जसपाले नैतिकता हिन सरकारसँग माग पूरा गर भनेर भन्नू गलत भएको प्रष्ट पार्नुभयो । सहि समयमा आफ्नो मुद्दा उठाउन नसक्ने असहज परिस्थितिमा अड्को थाप्ने काम रोकेर परिस्थिति अनुसार चल्न नेता सिहले जसपलाई आग्रह गर्नुभयो।

मधेसका जायज माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै असहज परिस्थिति जिम्मेवारिबाट यो या त्यो बहानाबाजी नगरि ओली बिधाई गर्न प्रस्ट हुन जसपालाई नेता सिंहले अपिल समेत गर्नुभयो । जुन दिन नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ त्यहि दिनबाट नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने नेता सिहले विश्वास व्यत्त गर्नुभयो।

पार्टी महाधिवेशन प्रक्रियामा सभापतिसँग आफूहरुको फरक मत रहेता पनि लोकतन्त्र सखाप पार्ने ब्यवस्था प्रतिनै धावा बोल्ने अधिनायकवाद उन्मुख ओलि बिदाई गर्ने आफुहरु तयार रहेकाे उहाँले बताउनुभयाे । ‘संसदभित्र रहेका दलहरुसँग छलफल चलाएर कांग्रेसले नै नेतृत्व लिएर अघि बढ्न आफुहरुले सभापति देउवालाई भनेका छौ,’ उहाले भन्नुभयो ‘परिस्थिति परिपक्व भए कांग्रेस जिम्मेवारी लिन र परिस्थितिलाई समालेर जान तयार छौ ।’ नेता सिंह लहान नगर समितिले आयोजना गरेको कार्यक्रममा सभाहगाी हुन सिराहा जानु भएको छ।

Skip This